शनिबार, भदौ २७, २०८३

बाहिरियो मनसुन, पश्चिमी वायु सक्रिय हुने

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं- सरदरभन्दा १३ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिएको छ। यो वर्ष जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो। 

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिला बाहिरिएको हो। यस वर्षको मनसुन १ सय २४ दिन नेपालमा सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

आजबाट मनसुन बाहिरिए पनि सोमबारबाट पश्चिमी वायु सक्रिय हुने विभागले बुलेटिन निकालेर जानकारी दिएको छ। भोलिबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका केही भागमा बदली, मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Oct 16, 2023| 09:17 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्