शनिबार, भदौ २७, २०८३

दसैंका लागि नयाँ नोट आजदेखि

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ।

यसपालि दसैंका लागि मात्रै १० अर्बभन्दा बढी रूपैयाँको नयाँ नोट छापेको छ। एक जनाले १८ हजार पाँच सय रूपैयाँसम्म साट्न पाउने सुविधा छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्। यसपटक क्युआर कोडमार्फत रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिनेछ। हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।

प्रकाशित: Oct 16, 2023| 09:09 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्