मंगलबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सर्वोच्च अदालतले दसैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने

सर्वोच्च अदालतले दसैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने

 |  आइतबार, असोज २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

vianetvianet
National life insurance

काठमाडौं- सर्वोच्च अदालतले दसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ।

सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ।

शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ। अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।

प्रकाशित: Oct 15, 2023| 21:00 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्