शनिबार, असोज ४, २०८२

इजरायलमा मारिएका पाँच नेपालीको शव हस्तान्तरण

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

इजरायलमा हमासको आक्रमणबाट मारिएका पाँच नेपाली विद्यार्थीको शव तेल अभिभस्थित नेपाली दूतावासले बुझेको छ।

Kumaribank

नारायण न्यौपाने लोकेन्द्रसिंह धामी गणेशकुमार नेपाली दिपेशराज भाट र आशीष चौधरीको शव प्राप्त भएको र नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ। 

हमासको आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजी कार्य तीव्र पारिएको जानकारी दूतावासले दिएको छ। 

आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरूमध्ये एक नेपाल आइसकेका छन् भने अर्का एकजना दूतावासको हेरचाहमा छन्। दुईजना अझै अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

Metro Mart

प्रकाशित: Oct 15, 2023| 20:21 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्