शनिबार, जेठ २३, २०८३

हमास-इजरायल युद्ध

पहिलो सातामै १० लाख मानिस विस्थापित

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ। 

National life

युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भने, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन्।

प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुर्याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ।”

गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
 

Shivam cement

प्रकाशित: Oct 15, 2023| 20:08 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्