शनिबार, भदौ २७, २०८३

हमास-इजरायल संघर्ष: साउदीले बोलायो इस्लामिक देशको बैठक

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ। साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो।

५७ वटा इस्लामिक देश सदस्य रहेको ओआईसीको बैठकमा मध्यपूर्वको स्थिरिता र सुरक्षाका बारेमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बैठकमा ५७ वटै सदस्य देशका विदेशमन्त्री सहभागी हुने बताइएको छ।

एक हप्ताअघि गाजाको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गरेपछि युद्ध जारी छ। इजरायलले गाजाको आधा भूभाग खाली गर्न स्थानीय बासिन्दालाई निर्देशन दिएको छ।
 

प्रकाशित: Oct 15, 2023| 20:02 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्