शनिबार, वैशाख २६, २०८३

यस्ता छन् हरियो खुर्सानीका फाइदा

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं- हरेकको भान्सामा खुर्सानीको प्रयोग हुन्छ। पिरो खान मन पराउने र नपराउने जमात उत्तिकै छ। हरियो खुर्सानी स्वादसँगै स्वास्थ्यका लागि पनि लाभदायक छ। फ्रेसफूडसिओ डट ईयूकाअनुसार हरियो खुर्सानीमा शरीरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइन्छ।

National life

१. दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता बढ्छ।

२. हरियो खुर्सानीमा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा पनि चमक ल्याउँछ।

३. हरियो खुसार्नीले डाइविटिज नियन्त्रणमा पनि फाइदा गर्छ। खुर्सानीले शरीरमा भएकोे ग्लुकोजको मात्रालाई नियन्त्रण गर्न सघाउँछ।

४. हरियो खुर्सानीमा पाइने फाइबरले खाना पचाउन मद्दत गर्छ।

५. खुर्सानीको नियमित सेवनले शरीरमा आइरनको कमी हुन दिंदैन।

६. खुर्सानीले शरीरको तौल नियन्त्रणमा र कपाल झर्नबाट पनि रोक्छ।

तर अत्यधिक खुर्सानी सेवनले छाती र पेटमा समस्या निम्त्याउन सक्छ। त्यसैले थोरै मात्रामा नियमित सेवन गर्नुपर्छ।

प्रकाशित: Oct 16, 2023| 05:40 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्