मंगलबार, जेठ २७, २०८२

धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

 |  आइतबार, असोज २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

vianetvianet
National life insurance

मलेखु- धादिङ गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गंगाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन्। घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ। 

प्रकाशित: Oct 15, 2023| 17:17 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्