भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्।
महाराष्ट्रको राजधानी मुम्बईबाट २६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेस वेमा दुर्घटना भएको हो । दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु थिए।। प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। -रासस