शनिबार, जेठ २३, २०८३

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०
National life
Shivam cement

नारायणगढ–मुग्लिन सडक खण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छन्।

इच्छाकामना गाउँपालिका-६ नौ किलो नजिक बा प्र ०२०४६ प १६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो। आज बिहान ७:४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

प्रकाशित: Oct 15, 2023| 11:55 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्