मंगलबार, जेठ २७, २०८२

मनाङ एयरका घाइते पाइलटलाई मुम्बई लगियो

 |  आइतबार, असोज २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

vianetvianet
National life insurance

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचाररत पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो।

उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाही पनि गएका छन्। चार्टर्ड जहाज शनिबार बेलुकी ९:२० बजे मुम्बईको लागि उडेको थियो।

ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एयरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरेको थियो। शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा मिर्गौलमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ।

प्रकाशित: Oct 15, 2023| 09:05 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्