यो साताको बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल देशको बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आइतबार अपराह्नपछि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने हुँदा बुधबारसम्म बदली, छिटपुटदेखि मध्यम वर्षाको सम्भावना छ।
हाल बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आजै अपराह्नपछि पश्चिमी वायुको प्रभाव देखिने सम्भावना छ। त्यसो हुँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी आदि भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, बागमती, मधेस र कोशीमा पनि बदली र छिटपुट वर्षा हुनसक्छ।
बुधबार अपराह्नपछि मनसुनमा सुधार देखिने र त्यसपछि मनसुन बाहिरिनेछ। मनसुन बाहिरिँदै जाँदा देशका केही भूभागमा घाम लागेको छ। धानलगायत बाली भित्र्याउने चटारो पनि कृषकहरूमा देखिन्छ। बुधबारसम्म बाली नकाट्न विभागले अनुरोध गरेको छ।