मंगलबार, जेठ २७, २०८२

इजरायल-हमास युद्धमा ११ पत्रकारको मृत्यु

 |  आइतबार, असोज २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

vianetvianet

इजरायल-हमास युद्धमा परी ११ जना पत्रकारको ज्यान गएको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार गत शनिबारदेखि सुरु भएको युद्धमा उनीहरुको मृत्यु भएको हो। 

मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार छन्। इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन्। त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ। त्यस्तै इजरायली फोटो पत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ।

मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको पनि मृत्यु भएको छ। इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो। मिसाइल आक्रमणमा परी भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ। उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन्।

अल्मा अल-शाब नजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन्। आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ। इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन्। लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड इर्दानले युद्धमा यस्ता घटना हुने बताएका छन्। उनले भनेका छन्, 'निश्चय पनि हामी काम गरिरहेका कोही पत्रकारलाई गोली हान्न वा मार्न चाहँदैनौँ। तर तपाईंलाई थाहा नै छ, हामी युद्धमा छौँ घटना हुन सक्छ।'

National life insurance

गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मानिस मारिएका छन्। हमासको आक्रमणमा १ हजार ३ सयभन्दा बढी इजरायली मारिएका छन् भने इजरायली हवाई र बम आक्रमणमा २ हजार २ सयभन्दा प्यालेस्टिनी मारिएका छन्।

इजरायली सेनाले उत्तरी गाजाका करिब ११ लाख बासिन्दालाई सहर छाड्न आदेश दिएको छ। हजारौँ प्यालेस्टिनीहरू बालबच्चा र सरसामानसहित दक्षिणी गाजातरर्फ गइरहेका छन्। 

प्रकाशित: Oct 15, 2023| 06:07 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्