शनिबार, जेठ २३, २०८३

इजरायली आक्रमण 'युद्ध अपराध' भएको जोर्डनको घोषणा

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्।

National life

'प्यालेस्टाइनीहरूलाई विस्थापित' गर्ने इजरायलको छनोटलाई 'अस्वीकार्य' र 'युद्ध अपराध' को रूपमा घोषणा गर्दै सफादीले पत्रकार सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय समुदायले अन्तर्राष्ट्रिय कानूनको उल्लंघनमा निरन्तर प्रतिक्रिया दिनुपर्ने बताएका छन्। 

'अन्तर्राष्ट्रिय समुदायले इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनको निन्दा गर्नुपर्छ। इजरायलले गाजामा प्रवेश गर्नबाट सहयोग रोक्नु र त्यहाँका बासिन्दाहरूलाई घर छोड्न दबाब दिनु भनेको अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो,' सफादीले भने।

सफादीले गाजामा रहेका प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुग्ने कुरा सुनिश्चित गर्नु पहिलो प्राथमिकतामा जोड दिए।

यसअघि शनिबार, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गजानहरूका लागि बनाइएको चिकित्सा आपूर्ति इजिप्टमा राफा क्रसिंगको नजिक आइपुगेको तर संगठनले क्रसिंगबाट पहुँचको लागि पर्खिरहेको बताएका थिए। 

Shivam cement

प्रकाशित: Oct 14, 2023| 16:23 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्