काठमाडौं- इजराली सेनाले थालेको आक्रमणमा गाजामा २ हजार २०० मानिसहरु मारिएका छन् भने ८ हजार ७१४ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजराली सेनाले पछिल्लो समय गरेको आक्रमणमा वेस्ट बैंकमा ५४ जनाको मृत्यु भएको छ भने ११ सय घाइते भएका छन्।
गत अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण सुरु गरेको थियो। त्यसपछि इजरालले युद्ध घोषणा गर्दै गाजामा आक्रमण थालेको हो। इजराली सेनाको आक्रमणबाट गाजामा पानी, अति आवश्यक स्वास्थ्य सामग्री, इन्धनलगायत सामग्री अभाव भएको छ।
इजरायली सेनाले गाजबासीलाई आइतबारसम्म आफ्नो घर छोड्ने निर्देशन दिइसकेको छ।