शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इजरायली सेनाको आक्रमणबाट गाजामा २ हजारभन्दा बढी मारिए, ८ हजारभन्दा बढी घाइते

इजरायली सेनाको आक्रमणबाट गाजामा २ हजारभन्दा बढी मारिए, ८ हजारभन्दा बढी घाइते

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- इजराली सेनाले थालेको आक्रमणमा गाजामा २ हजार २०० मानिसहरु मारिएका छन् भने ८ हजार ७१४ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

National life

इजराली सेनाले पछिल्लो समय गरेको आक्रमणमा वेस्ट बैंकमा ५४ जनाको मृत्यु भएको छ भने ११ सय घाइते भएका छन्। 

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण सुरु गरेको थियो। त्यसपछि इजरालले युद्ध घोषणा गर्दै गाजामा आक्रमण थालेको हो। इजराली सेनाको आक्रमणबाट गाजामा पानी, अति आवश्यक स्वास्थ्य सामग्री, इन्धनलगायत सामग्री अभाव भएको छ। 

इजरायली सेनाले गाजबासीलाई आइतबारसम्म आफ्नो घर छोड्‍ने निर्देशन दिइसकेको छ। 

प्रकाशित: Oct 14, 2023| 16:17 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्