बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आर्जु राणा देउवा

दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आर्जु राणा देउवा

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेकी छन्।

National life

नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समितिले दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि देउवाले अमूल्य जीवन अरुको बारेमा नकरात्मक सोचेर खेर नफाल्न आग्रह गरेकी हुन्। उनले शक्ति रुपा माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरिन्। 

'सबैले सकरात्मक सोचौं। जे सोच्यो त्यस्तै बन्ने भएकाले सकरात्मक सोचौं। नकरात्मक सोचेर समय खेर नफालौं। माता दुर्गा भवानीले सबैमा सकरात्मक सोचको बिकास गर्ने शक्ति प्रदान गरून्,' देउवाले भनिन्। यस्तै उनले सबै नेता कार्यकर्ताले पार्टी एकजुट बनाउन लाग्नुपर्ने बताइन्। 

पार्टीमा आन्तरिक मनमुटाव हुन सक्ने भन्दै देउवाले त्यसको असर पार्टीको संगठनमा पर्न दिन नहुनेमा सबै सचेत बन्नुपर्ने बताइन्। साथै उनले अवसरका लागि हतार गर्न जरुरी नभएको भन्दै संगठन बलियो बनाउन लागेमा अवश्य एकदिन अवसर पाइने बताइन्।

387542348_1682472755497555_1448621483237961914_n-1697279182.jpg

kumari

कार्यक्रममा विशिष्ठ अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्‍चार राज्यमन्त्री गोविन्दबहादुर शाह, केन्द्रीय सदस्य लक्ष्मी सापकोटा। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का, नेपाली कांग्रेस अछामका पार्टी सभापति एवं संघिय सांसद् पुष्पबहादुर शाहा, कांग्रेस अछामका पूर्व पार्टी सभापति भरतकुमार स्वार, प्राज्ञ यज्ञराज उपाध्यायले शुभकामना मन्तब्य राखेका थिए। 

कार्यक्रमका सभापति एवं अछाम-काठमाडौं सम्पर्क समितिका सभापति जनकबहादुर धामीले समितिले विभिन्न कामले अछामबाट काठमाडौं आउनेहरुलाई सक्दो सहयोग गर्ने बताए। 
समितिका सचिव भीमबहादुर कुँवरले संचालन गरेको कार्यक्रमको स्वागत उपसभापति दुर्गाप्रसाद तिमिल्सिनाले गरेका थिए।

प्रकाशित: Oct 14, 2023| 16:06 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्