शनिबार, जेठ २३, २०८३

गाजाका अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री र इन्धन अभाव

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- गाजाका २३ लाख बासिन्दाहरूलाई अहिलेसम्म कुनै सहायता पुगेको छैन। गाजामा इजरायली सेनाको आक्रमणका कारण घाइतेको उपचारका लागि अति आवश्यक चिकित्सा सामग्री अभाव भएको छ। 

National life

गाजाबाट विस्थापित २ लाख २० हजार प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र एजेन्सी यूएनआरडब्लूएद्वारा सञ्चालित विद्यालयहरूमा आश्रय लिइरहेका छन्। 

फार्माकेयर ग्रुपका सीईओ बसिम खौरीले गाजामा मेडिकल आपूर्ति उत्पादन गर्ने केही साना कारखानाहरू छन् पनि बन्द भएको जनाइएको छ। 'औषधिको अवस्था गम्भीर छ,' उनले अल जजीरालाई भने, 'जबसम्म हामी गाजामा मानवीय राहत पुर्‍याउन सक्दैनौं, यहाँ विपत्ति हुनेछ।'

खौरीले मैदानमा रहेका उनका कर्मचारीहरूले गाजाको सबैभन्दा ठूलो शिफा अस्पताल सहित पावर जेनरेटरहरूको लागि इन्धनको अभावको सामना गरिरहेका बताएका छन्। इजराली सेनाको बमबारीले जेनेरेटरहरू नष्ट वा क्षतिग्रस्त भएका छन्। 

प्रकाशित: Oct 14, 2023| 16:03 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्