शनिबार, भदौ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इजराली आक्रमणले गाजामा पानी संकट, २० लाखभन्दा बढी मानिस जोखिममा : राष्ट्रसंघीय निकाय 

इजराली आक्रमणले गाजामा पानी संकट, २० लाखभन्दा बढी मानिस जोखिममा : राष्ट्रसंघीय निकाय 

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लूए) ले गाजामा पानी संकट सिर्जना भएको जनाएको छ। पानी संकटका कारण गाजामा २० लाखभन्दा बढी मानिस जोखिममा रहेको यूएनआरडब्लूए जनाएको छ ।

'यो जीवन र मृत्युको विषय बनेको छ। २० लाख मानिसहरूका लागि पानी र इन्धन उपलब्ध गराउनु अनिवार्य छ,' यूएनआरडब्लूएका आयुक्त फिलिप लाजारिनीले भने।

'गाजामा सफा पानी सकिँदैछ, पानी प्लान्ट र सार्वजनिक पानी नेटवर्कहरूले काम गर्न छोडेका छन्। मानिसहरू अहिले इनारको फोहोर पानी प्रयोग गर्न बाध्य छन्, जसले गर्दा पानीजन्य रोगहरूको जोखिम बढ्दै गएको छ,' उनले भने।

इजरायली सरकारले घेरिएको एन्क्लेभबाट पानी, खाना र ईन्धन कटौती गरेपछि तत्काल पानी उलब्ध गराउन अपिल गरिएको छ। गाजामा बुधबारदेखि बिजुली अवरुद्ध भएको छ, जसले पानी आपूर्तिमा असर पारेको छ।

'हामीले अब गाजामा उर्जा र इन्धन पुनर्स्थापिन गराउनु महत्वपूर्ण छ। मानिसहरूका लागि सुरक्षित पिउने पानीको लागि इन्धन एक मात्र माध्यम हो। यदि होइन भने, मानिसहरू गम्भीर निर्जलीकरणले मर्न थाल्छन्, तीमध्ये साना बालबालिका, वृद्ध र महिलाहरू बढी जोखिममा छन्। पानी अहिले अन्तिम जीवन रेखा हो। म अब मानवीय सहायतामा घेराबन्दी हटाउन अपील गर्दछु,' लाजारिनीले भने।

प्रकाशित: Oct 14, 2023| 15:47 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्