काठमाडौं- हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ। हमासले आक्रमण गर्नुअघि दक्षिण इजरायलका स्थानीयलाई सावधानी अपनाउन साइरन बजाइएको थियो।
उक्त साइरन बजेको १० मिनेट पछि हमासले मिसाइल प्रहार गरेको अलजजिराले जनाएको छ। यसअघि हमासले दक्षिण इजरायलको आवासीय क्षेत्रमा रकेट प्रहार गरेको थियो।
त्यहाँ रकेटहरूको निरन्तर ब्यारेज भइरहेको छ र सुरक्षित भनिएको तेल अवीवमा अलर्टहरू जारी गरिएका छन्।
इजरायली सरकारले आइतबार गाजा स्ट्रिप वरपरका अधिकांश क्षेत्रहरू खाली गर्ने बताएको छ। धेरै मानिसहरूलाई पहिले नै खाली गरिसकिएको छ।
गत शनिबार हमास समूहले उत्तरी इजरायल क्षेत्रमा आक्रमण थालेसँगै निरन्तर इजरालले गाजामा मिसाइल प्रहार गरिरहेको छ।