शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इजरायल आक्रमणबाट वेस्ट बैंकमा ५३ प्यालेस्टायनीको मारिए, ११ सयभन्दा बढी घाइते 

इजरायल आक्रमणबाट वेस्ट बैंकमा ५३ प्यालेस्टायनीको मारिए, ११ सयभन्दा बढी घाइते 

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- इजरायलले हमासविरुद्धको युद्धको घोषणा गरेपछि र गाजामा विगत एक सातादेखि आक्रमण जारी राखेको छ। इजरायली आक्रमणबाट वेस्ट बैंक र पूर्वी जेरुसेलममा हिंसा बढेको छ।

National life

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शनिबार बिहानको अपडेटमा मृतकको संख्या ५३ पुगेको जनाएको छ भने ११ सयभन्दा बढी घाइते भएका छन्। 

इजरायलली सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै वेस्ट बैंकमा शारीरिक आक्रमण, सम्पत्ति क्षति, र उत्पीडनजस्ता हिंसाका घटनाहरु बढेको सीएनएनले जनाएको छ। 

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकको जेरिकोमा इजरायली हवाई आक्रमणबाट २७ वर्षीय प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ। टाउकोमा गोली लागेको अवस्थामा उनी जेरिकोको सरकारी अस्पतालमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हमासको आक्रमणपछि वेस्ट बैंकका धेरै क्षेत्रमा प्यालेस्टिनी र इजरायली सेनाबीच झडप भएको छ। इजरायली सेनाले विभिन्‍न क्षेत्रमा प्रवेश र निकास बिन्दुहरूमा स्थापित चेकपोइन्टहरू र सडक अवरोधहरू गरेको छ। 

Shivam cement

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यस हप्ताको सुरुमा वेस्ट बैंक उच्च सतर्कतामा रहेको र यसले कुनै पनि सम्भावित आक्रमणलाई विफल पार्ने तयारी गरिरहेको बताएका थिए। 

प्रकाशित: Oct 14, 2023| 15:32 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्