शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कालिका नगरपालिकाले ७९४ परिवारको गर्‍यो निःशुल्क स्वास्थ्य बिमा

कालिका नगरपालिकाले ७९४ परिवारको गर्‍यो निःशुल्क स्वास्थ्य बिमा

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

नारायणगढ- चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो।

National life

पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो। यस कार्यक्रमका लागि पालिकाले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये अहिलेसम्म २८ लाख ४३ हजार तीन सय रूपैयाँ बराबरको बीमा भइसकेको छ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो। उनले भने, 'चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो।'

अहिले बीमा भएका परिवारको आगामी मङ्सिर १ गतेदेखि लागु हुनेछ। विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उनले भने, 'विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ।'

नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिए। स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ छ।

Shivam cement

पालिकाले ज्येष्ठ नागरिक र अपांगता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ। पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपांगता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए। 

प्रकाशित: Oct 14, 2023| 20:31 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्