शनिबार, जेठ २३, २०८३

घोराही-तुलसीपुर सडक चार लेन बनाइँदै

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

तुलसीपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताइन्। आज तुलसीपुर उपमहानगरपालिका-१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिइन्। 

National life

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताइन्। 

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ। यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ। बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन्। 

मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न रु ३० करोड बजेट विनियोजन गरेको बताइन्।

प्रकाशित: Oct 14, 2023| 19:02 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्