शनिबार, भदौ २७, २०८३

सिक्किम बाढीमा बेपत्ता इलामका पाँच नेपाली सम्पर्कमा आए

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की  र लाक्पा लामाको परिवार सम्पर्कमा आएको हो।
 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं– गत १६ असोजमा सिक्किममा टिस्टा नदी उर्लिएर बाढी आउँदा सम्पर्कविहीन भएका  पाँच जना इलामेली परिवार सम्पर्कमा आएका छन्।

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की  र लाक्पा लामाको परिवार सम्पर्कमा आएको हो।

१६ असोजको बाढीपछि उनीहरु सम्पर्कविहीन थिए। सिक्किमै रहेका इलामका टीका कार्की र हिमा लामाले खोजी गरिदिन विभिन्न निकायलाई आग्रह गरेका थिए।

सेनबहादुर टीकाका श्रीमान् हुन्। बेपत्ता पाँच जनाको परिवारसँग सम्पर्क भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले पुष्टि गरे।

प्रकाशित: Oct 14, 2023| 13:26 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्