मंगलबार, फागुन २६, २०८२

यस्ता छन् स्याउका फाइदा

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं- स्याउ पोषणको दृष्टिकोणले महत्वपूर्ण फलफूल हो। हरेक दिन एउटा स्याउ खानाले डाक्टर कहाँ जानु पर्दै भन्ने भनाइले स्याउ मानवको लागि स्वास्थ्यवर्धक फल भएको दर्शाउँछ।

National life

स्याउमा भिटामिन ए, बी, सी ई प्रशस्त मात्रामा पाइन्छ। स्याउ खनिज तत्व जस्तै क्याल्सियम, फस्फोरस, फलाम, पोटासियमको राम्रो श्रोत हो। त्यस्तै यसमा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ पनि पर्याप्त मात्रामा पाइन्छ।

स्याउको फलमा भन्दा खास गरी यसको बोक्रामा बढी पोषक तत्व र बुढ्यौली कम गराउने तत्व एन्टी अक्सिडेन्ट पाइने भएकोले स्याउ बोक्रा सहित खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ।

खाद्य पदार्थको रुपमा प्रयोग हुने स्याउ फल प्रायः ताजै खाने गरिन्छ। यसलाई मेसिनमा पेलेर ताजा रसको रुपमा समेत खाने गरिन्छ।

त्यस्तै स्याउलाई प्रशोधन गरेर विविध प्रकारका परिकारहरु बनाउन सकिन्छ। यसका मुख्य परिकारहरूमा जाम, जेली, स्लाइस (चाना), एप्पल जुस, एप्पल बटर, एप्पल पाई, एप्पल केक, कन्सेन्ट्रेटेड जुस, एप्पल पाउडर आदि बनाई धेरै लामो समयसम्म भण्डारण गरी राख्न सकिन्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 14, 2023| 05:40 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्