मंगलबार, असार १७, २०८२

बेइजिङमा इजरायली दूतावासका कर्मचारीमाथि आक्रमण

 |  शुक्रबार, असोज २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

vianetvianet

काठमाडौं- बेइजिङस्थित इजरायलको दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजरायलको विदेश मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्‍जालमा शेयर गरिएको एक भिडियोमा सडकमा एक व्यक्तिलाई चक्कुले आक्रमण गरेको देखाइएको बीबीसीले जनाएको छ। ती व्यक्ति इजरायली दूतावासका कर्मचारी भएको पनि बताइएको छ।

इजरायलको विदेश मन्त्रालयले शुक्रबारको आक्रमण दूतावास परिसरमा भएको नभइ बाहिर सडकमा भएको जनाएको छ। यसको कारणबारे अनुसन्धान भइरहेको पनि इजरायली विदेश मन्त्रालयले जनाएको छ।

'आक्रमणमा परेका इजरायली दूतावासका  कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ,' विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चीनमा सोशल मिडिया प्रयोगकर्ताहरूले हालैका दिनहरूमा प्यालेस्टिनीहरूलाई व्यापक समर्थन देखाएका छन्, जबकि त्यहाँ अनलाइनमा इजरायल विरोधी पोस्टहरू व्यापक भएको देखिएका छन्। कतिपयले इजरायलको ताइवानसँगको सम्बन्धको आलोचना पनि गरेका छन्।

चीनले इजरायल-हमास युद्धको बारेमा 'गहिरोरुपमा चिन्तित' भएको र 'द्वन्द्वका कारण भएको नागरिकको हताहतिबाट दु:खी' भएको बताएको छ। इजरायलले भने चीनले हमास आक्रमणको निन्दा नगरेकोमा आफ्नो 'गहिरो निराशा' व्यक्त गरेको छ।

प्रकाशित: Oct 13, 2023| 16:16 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्