शनिबार, जेठ २३, २०८३

इजरायलबाट हमासले अपहरण गरेका १३ जना मारिए

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- हमास समूहले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जना मारिएको जनाइएको छ। हमास समूहले इजरायलले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दा मानिसहरुलाई नियन्त्रणमा लिएको थियो।

National life

इजरायली हवाई हमालामा अपहरणमा परेका १३ जना मारिएको हमास समूहले दाबी गरेको छ। हमासको सैन्य समूहले पछिल्लो २४ घण्टामा विदेशीसहित १३ जना अपहरणमा रहेका बन्धक मारिएको दाबी गरेको हो।

अपहरणमा लिएका इजरायलीसहित विदेशी नागरिकलाई विभिन्‍न स्थानमा राखिएको र पाँच स्थानमा राखिएका १३ जना इजराली हवाई हमलामा मारिएको हमास समूहले दाबी
गरेको छ।

यसअघि हमास समूहले इजरायली सेनाले आक्रमण निरन्तर जारी राखेको अवस्थामा अपहरणमा लिइएका बन्धकहरुलाई लाइभ देखाएर हत्या गर्ने चेतावनी दिएको थियो।

प्रकाशित: Oct 13, 2023| 16:11 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्