शनिबार, जेठ २३, २०८३

टर्कीले पठायो इजिप्टमार्फत गाजामा सहायता सामग्री

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०
National life
Shivam cement

काठमाडौं- टर्कीले गाजामा मानवीय सहायता सामग्री पठाएका छन्। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परी हजारौं घरबारविहीन हुनुका साथै आधारभूत स्वास्थ्य सुविधासमेत अभाव भएपछि टर्कीले मानवीय सहायता सामग्री पठाएका हुन्।

टर्किश मिलिटरी कार्गो विमानले इजिप्टमार्फत खाद्यान्‍न र आपतकालीन स्वास्थ्य सामग्री पठाएका हुन्।  टर्किश समाचार एजेन्सी टीआरटीका अनुसार उक्त सहायता सामग्री इजिप्टको अल आरिस अन्तर्राष्ट्रिय विमानस्थलमार्फत गाजा स्ट्रिपमा पठाइने छ।

इजिप्टले यसअघि संयुक्त राष्ट्रसंघलाई गाजामा मानवीय साहायता सामग्री उपलब्ध गराउने र त्यसको सुरक्षा सुनिश्‍चितता गर्न आग्रह गरेको थियो। इजरायलले पछिल्लो ६ दिनमा गाजामा ६ हजार बम खसालेको छ।

प्रकाशित: Oct 13, 2023| 16:09 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्