शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चार जनाको हत्या गर्ने भण्डारीलाई मृत्युपर्यन्त जेलमा राख्न मागदाबी

चार जनाको हत्या गर्ने भण्डारीलाई मृत्युपर्यन्त जेलमा राख्न मागदाबी

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०
National life
Shivam cement

तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएका घटनाको अभियुक्त सञ्जय भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। क्रुर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदाबी लिइएको छ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध बिहीबार मुद्दा दर्ता गराएको हो। आरोपितले कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेसन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई जीवनभर कैदमा राख्न माग दाबी लिई मुद्दा दर्ता गरिएको हो ।

भदौ ३० मा काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भण्डारीले सुरक्षा गार्डको रुपमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटाका नवीन भनिने विशाल राईको सामूहिक हत्या गरेका थिए। आरोपी भण्डारी जन्मजात बोल्न सक्दैनन्।

प्रकाशित: Oct 13, 2023| 15:19 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्