मंगलबार, असार १७, २०८२

आरती साह मृत्यु प्रकरण: माइतीघरमा धर्ना बसेका परिवारमाथि हमला

 |  शुक्रबार, असोज २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

vianetvianet

काठमाडौं- आरती साह मृत्यु प्रकरणपछि न्यायको लागि माइतीघरमा धर्ना बसिरहेका परिवारमाथि गएराति धर्नास्थलमै हमला भएको छ। आज माइतीघरमा पत्रकार सम्मेलन गर्दै मृतक आरतीका भाइ प्रेम साहले बताएअनुसार गत राति १० बजेतिर ४ जनाको समूहमा आएका व्यक्तिहरुले उनीहरुलाई लछारपछार गरेका थिए।

आफूहरुलाई यहाँबाट उठेर जान भन्दै लछारपछार गरेको उनले सुनाए। त्यसक्रममा आक्रमणकारीको एउटा मोबाइलत झरेको र त्यो आफूले सिंहदरबार प्रहरी परिसरलाई लगेर बुझाएको उनले बताए। उनले प्रहरीलाई आफूहरुमाथि सांघातिक आक्रमण भएको बारे खोजतलाश गर्न र मुद्दा दर्ता गर्न आग्रह गर्दा पनि सिंहदरबार प्रहरीले नमानेको बताएका छन्। उनले प्रहरीले मोबाइल लिएको तर मुद्दा दर्ता गर्न नमानेको बताए।

प्रेम साहले घटना भइरहेको बेला एउटै प्रहरी पनि माइतीघरमा नरहेको बताउँदै भने, 'सधैं तैनाथ रहने प्रहरी त्यतिबेला थिएनन्। हामीलाई लछारपछार गरेर भागेकाहरुले ब्यानरसमेत उठाएर लगेका छन्।'

उनले यो घटना प्रहरीले गराएको आरोपसमेत लगाएका छन्। यद्यपि उक्त घटनाको बारेमा उनले सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता गराएको बताए। मृतक आरतीकी आमा निर्मलादेवीले भनिन्, 'हामी सरकारले न्याय देला भनेर यहाँ बसेका छौं। झन् उल्टै हामीमाथि हमला गर्न लगाउँछन्। उता अपराध गर्नेहरु  खुलेआम घुमि रहेका छन्।'

उच्च अदालत जनकपुरले असोज १८ गते प्रतिवादी आरतीका ससुरा मदनमोहन साह र पति मोतिबाबु साहलाई थुनामा राख्ने आदेशलाई बदर गरिदिएको छ। मुख्य न्यायाधीश शारंगा सुवेदी र न्यायाधीश किरणकुमार पोखरेलको संयुक्त इजलासले सो निर्णय दिएको थियो।

 

प्रकाशित: Oct 13, 2023| 15:08 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्