मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चोरी सिकारी नियन्त्रणका लागि राष्ट्रिय निकुञ्जमा उच्च सतर्कता

चोरी सिकारी नियन्त्रणका लागि राष्ट्रिय निकुञ्जमा उच्च सतर्कता

 |  शुक्रबार, असोज २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

vianetvianet

चितवन- चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढाएको छ। चाडपर्वको समयमा मानिसको आवातजावत बढ्ने हुँदा सोही मौका छोपी चोरीसिकारी सक्रिय हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चोरी सिकारी हुनसक्ने सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुनविपरीत हुनसक्ने गतिविधि नियन्त्रण गर्न निकुञ्जमा रहेका ६७ वटा सुरक्षा पोष्टमा उच्च सतर्कताका साथ थप सक्रियता बढाउन निर्देशन गरिएको उनले जानकारी दिए।

सेना र निकुञ्जका पोष्टसँगै निकुञ्ज आसपासमा बासोबास गर्ने समुदायलाई समेत चनाखो हुन आग्रह गरिएको सूचना अधिकारी तिवारीले बताए। उनले भने, 'वन क्षेत्रमा आपराधिक गतिविधि भएका घटना सबैभन्दा पहिला समुदायमा जानकारी हुने भएकाले चनाखो भएर सहयोग गर्न आग्रह गरेका छौँ।'

सूचना अधिकारी तिवारीले भने, 'चाडपर्वको समयमा निकुञ्ज क्षेत्र आसपासमा शङ्कास्पद व्यक्ति देखिएमा निकुञ्जलाई खबर गरी संरक्षणमा सहयोग गर्न अपिलसमेत गरेका छौँ।' चोरी सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समूह र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिएको उनले बताए।

प्रकाशित: Oct 13, 2023| 21:02 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्