शनिबार, जेठ २३, २०८३

निजामती सेवामा पहिलो बन्यो गुल्मी

गत आर्थिक वर्षमा सञ्चालन भएका परीक्षामा गुल्मीबाट सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका हुन्। 
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं– आर्थिक वर्ष २०७९/८० मा निजामती सेवामा ७७ जिल्लामध्ये सबैभन्दा बढी गुल्मीका उम्मेदवार सिफारिसमा परेका छन्। लोकसेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेलालाई बुझाएको ६४औं प्रतिवेदनमा गुल्मी पहिलो नम्बरमा आएको हो।

National life

गत आर्थिक वर्षमा सञ्चालन भएका परीक्षामा गुल्मीबाट सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका छन्। दोस्रोमा उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा रहेको उल्लेख छ। त्यसपछि क्रमशः सर्लाही, जुुम्ला र धनुषाका उम्मेदवार बढी सिफारिस भएका छन्।  

प्रदेशमा सबैभन्दा बढी मधेसबाट ६८४ र सुदूरपश्चिमबाट सबैभन्दा कम ३९१  उम्मेदवार सिफारिस भएका छन्। आव २०७९/८० मा निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षामा १ लाख ३० हजार ४२१ उम्मेदवार सम्मिलित भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

तीमध्ये ४५ हजार ७१५ महिला र ८४ हजार ७०६ पुरुष थिए। परीक्षामा सहभागीमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। सिफारिस हुनेमा १ हजार ९९ महिला र २  हजार ५७६ पुरुष छन्।

प्रकाशित: Oct 13, 2023| 14:25 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्