शनिबार, जेठ २३, २०८३

चिकित्सक कुटपिट गर्ने ६ जना धरौटी बुझाएर छुटे

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं– हेटौंडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

National life

अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाखका दरले धरौटी माग गरेको थियो।

अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेको जिल्ला अदालत मकवानपुरले जनाएको छ। हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई २७ भदौमा कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। 

मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकलाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगर–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई वडा–१० बाट पक्राउ गरेको जनाएको छ।

प्रकाशित: Oct 13, 2023| 13:16 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्