मोरङ–युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ। लेटाङ–६ गुवाबारीका लिम्बूकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।
उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिए। मन्त्री लिम्बू कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति हुन्।