बुधबार, असार ३१, २०८३

तनहुँमा डेंगु संक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ।
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

तनहुँ– डेंगु संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ। आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए। 

६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। डेंगु संक्रमणबाट गत १६ असारमा  व्यास नगरपालिका–१० का ३५ वर्षीय युवा, २ असोजमा वडा–११ का १५ वर्षीय किशोर, ८ असोजमा वडा–२ की १३ वर्षीया बालिका र २० असोजमा वडा–२ का ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 13, 2023| 12:14 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्