शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ।

National life

बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै आज रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिए।

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनको भनाइ छ। बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो। महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ।

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि रु एक लाख जरिवाना गरेको थियो।

प्रकाशित: Oct 13, 2023| 09:03 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्