शनिबार, भदौ २७, २०८३

आइपुगे इजरायलमा अलपत्र २५४ नेपाली

विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान इजरायल गएका थिए।
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

इजरायलमा रहेका २५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ। विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान इजरायल गएका थिए। आरए २२९–२३५३ विमान शुक्रबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन्। सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन्।

विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ।

 

np-1697112560.jpg


 

प्रकाशित: Oct 13, 2023| 08:56 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्