शनिबार, भदौ २७, २०८३

जितपुर सिमराका पूर्वमेयर पौडेल घरमै मृत फेला

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन्। बिहीबार साँझ सिमरास्थित आफ्नै निवासमा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। बारामा सहकारी क्षेत्रमा समेत योगदान गरेका पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित भएका थिए ।

पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए। उनी नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन्।
 

प्रकाशित: Oct 12, 2023| 20:43 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्