सोमबार, जेठ २६, २०८२

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेर उड्यो जहाज  

 |  बिहीबार, असोज २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

vianetvianet
National life insurance

काठमाडौं- प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीच जारी युद्धका कारण स्वदेश फिर्ताका लागि निवेदन दिएका नेपालीलाई लिन गएको नेपाल वायुसेवा निगमले २५३ जना नेपाली विद्यार्थी बोकेर इजरायलबाट उडेको छ। इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४:५५ बजेतिर विमान उडेको बताइएको छ। 

सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो।

उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन्। इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन्। 

प्रकाशित: Oct 12, 2023| 17:51 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्