शनिबार, जेठ २३, २०८३

काठमाडौंमा लुटपाट गर्ने समूहमाथि प्रहरीले चलायो गोली

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

काठमाडौं- काठमाडौंमा प्रहरीले तीनजना लुटेरालाई नियन्त्रणमा लिन गोली चलाएको छ। काठमाडौंको बौद्ध क्षेत्रमा बिहीबार दिउँसो प्रहरीले लुटेरा नियन्त्रण गर्न गोली चलाएको हो। 

National life

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीलाई लुटेरा समूहले पेस्तोल ताकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन गोली चलाएको हो। प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो।

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

जितेन लामा र शान्ता लामा प्रहरीको नियन्त्रणमै छन्। उनीहरूबाट एउटा पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ।

प्रकाशित: Oct 12, 2023| 14:26 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्