शनिबार, जेठ २३, २०८३

रुकुम पूर्वमा थप चारवटा डिपो खोल्दै खाद्य कम्पनी

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

रुकुम- रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ। यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप चार ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो।

National life

'रुकुमपूर्व हिमाली जिल्ला भएका कारण धान कम उत्पादन हुन्छ। यहाँ चामलको माग निकै छ। गत वर्षमात्र पहिलो पटक जिल्लामा शाखा स्थापना भएकामा कार्यालयको मागेको कोटाभन्दा पनि बढी चामल उपभोक्तालाई बिक्री गरेका थियौँ', रुकुमकोटस्थित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले भने।

पुथाउत्तरगंगा गाउँपालिका-१ मैकोट, भुमे गाउँपालिका-२ खाबाङबगर, वडा नं- ९ चुनबाङ र सिस्ने गाउँपालिका-१ पाखागाउँमा स्थापना हुने नयाँ डिपोका लागि पनि चामलको कोटा निर्धारण गरिएको निमित्त कार्यालय प्रमुख खड्काले बताए।

उनका अनुसार मैकोटमा स्थापना हुने डिपोमा एक हजार क्विन्टल, खाबाङबगर, चुनबाङ र सिस्नेको पाखागाउँमा स्थापना हुने डिपोमा पाँच/पाँच सयका दरले कोटा निर्धारण गरिएको छ। नयाँ डिपोका लागि जिल्लामा ३० हजार क्विन्टल चामल आउने भएको छ।

त्यस्तै जिल्लामा शाखा स्थापना भएसँगै गत आर्थिक वर्षमा दुई हजार आठ सय क्विन्टल चामल बिक्री गरिएको थियो। तकसेरा बिक्री केन्द्र र शाखा कार्यालय रुकुमकोटबाट दुई हजार आठ सय क्विन्टल चामल बिक्री भएको हो। चालु आर्थिक वर्षमा पनि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउने पक्का भइसकेको छ। नयाँ थप हुने चार वटा डिपोबाहेक रुकुमकोट शाखा र तकसेरा बिक्री केन्द्रका लागि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउन लागेको हो।

Shivam cement

तुलसीपुर र भैरहवाबाट रुकुमकोट शाखाका लागि सात सय ५० र भैरहवाबाट तकसेरा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल जिल्लामा आउने भएको छ। चामल ल्याउन तीन फरकफरक ठेकेदार कम्पनीले ठेक्का पाएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए। अहिले पनि कार्यालयमा दुई सय ८० क्विन्टल चामल मौज्दात रहेको र दसैँ, तिहार र छठ पर्वका लागि स्थापना गरिएको सुपथ मूल्य पसलका लागि पनि पाँच सय क्विन्टल चामल रहेको बताइएको छ।

प्रकाशित: Oct 12, 2023| 20:02 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्