शनिबार, जेठ २३, २०८३

वन्यजन्तुबाट अन्नबाली क्षति : किसानलाई राहत दिँदै निकुञ्ज

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

रसुवा- वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्यांकन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ।

National life

यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भूभागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पुर्‍याएको थियो।  स्थलगतरूपमा क्षतिको मूल्यांकन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ। 
       
राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। 

बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पुर्‍याउने गरेको छ। राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा  मूल्य निर्धारण गर्दै  किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उनले बताए।

गत वर्ष अन्नबाली तथा चौपाय क्षतिको राहतस्वरूप १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 12, 2023| 21:41 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्