स्थानीय तहका कर्मचारीको आन्दोलनले आज पनि काठमाडौंको सडक अस्तव्यस्त बनेको छ। खासगरी माइतीघर, थापाथली, बबरमहल, बानेश्वर क्षेत्रको सडकमा सवारी आवतजावतमा अवरोध पुगेको छ।
स्थानीय तह ऐनमा परिमार्जनको माग गर्दै दिनदिनै आन्दोलन हुँदा सडकमा समस्या भएको हो। काम छोडेर कर्मचारी सडकमा आउँदा स्थानीय तहमा सर्वासाधारणको कामसमेत प्रभावित भएको छ।