बिहीबार, माघ २२, २०८२

एसीसी यू–१९ कप: नेपालले इरानलाई २७४ रनले हरायो

मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुअघि ३५३ रन बनाएको थियो।
 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले इरानलाई २७४ रनको ठूलो अन्तरले हराएको छ। आज मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुअघि ३५३ रन बनाएको थियो। 

National life

जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रन मात्र बनायो। इरानका ब्याट्सम्यानलाई नेपाली बलरले दबाबमा राखेका थिए।इरानका ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले आफ््नो देशका लागि ३७ रन बनाएका थिए।

उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए। यस्तै, अर्का ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे। इरानका अन्य ब्याट्सम्यानको खेल सन्तोषजनक हुन सकेन।

नेपाली टोलीका बलर दीपेश कँडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए। आकाश चन्द र हेमन्त धामीले दुई–दुई विकेट लिए। नेपालका लागि कप्तान देव खनालले केवल ६० बलको सामना गरी १०० रन बनाएका थिए। उनले चार छक्का र १२ वटा चौका हिर्काएका थिए। 

दीपक बोहरा र देव खनालले ९८ बलमा १६६ रनको साझेदारी गरेका थिए। नेपालले अर्को खेल आइतबार बहराइनसँग र  १९ अक्टोबरमा साउदीसँग खेल्नेछ।

Laxmi sunrise bank

प्रकाशित: Oct 12, 2023| 13:09 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्