शनिबार, भदौ २७, २०८३

भक्तपुरमा स्कुटरको ठक्करबाट एकजनाको मृत्यु

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बा ६९ प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिँदा सल्लाघारीकी ६८ वर्षीया भुलिमाया धगुछुको मृत्यु भएको हो।
स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

ठक्कर दिने स्कुटर चालक दोलखाको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 12, 2023| 12:43 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्