मंगलबार, फागुन २६, २०८२

उपराष्ट्रपति यादव अस्पताल भर्ना

डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादवलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो।
 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादवलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो।

National life

अस्पताल भर्नापछि अहिले उपराष्ट्रपति यादवका स्वास्थ्यमा सुधार आएको उनका निजी चिकित्सक शिवजी सिलवालले बताए। सोमबारदेखि अस्वस्थ भएका उपराष्ट्रपतिको निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार बेलुकी सिभिल अस्पतालमा भर्ना गरिएको थियो।

उपराष्ट्रपति यादवलाई सुरुमा बान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको थियो।  ज्वरो आइरहने, टाउको दुखिरहने, छाति दुख्ने र बान्ता पनि बेला–बेला भइरहने भएपछि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको थियो।

उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक सिलवालसहितको टोलीले गरिरहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 12, 2023| 12:15 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्