शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इजरायलमा रहेका २५४ नेपालीलाई लिन गएको जहाज बेलुकी ९ बजे काठमाडौं आइपुग्ने

इजरायलमा रहेका २५४ नेपालीलाई लिन गएको जहाज बेलुकी ९ बजे काठमाडौं आइपुग्ने

नेवानिको एननाइन एलवाइजेट कलसाइन वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे नेपाली लिन इजरायल उडेको हो।
 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

काठमाडौं–प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीच जारी युद्धका कारण स्वदेश फिर्ताका लागि निवेदन दिएका नेपालीलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाज बेलुकी ९ बजे काठमाडौं उत्रिने भएको छ।

National life

नेवानिको एननाइन एलवाइजेट कलसाइन वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे नेपाली लिन इजरायल उडेको हो। नेवानि जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

परराष्ट्रमन्त्री एनपी साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि नेपालीलाई लिन इजरायल गएका छन्। जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ। त्यहाँ नेपाली दूतावासको सम्पर्कमा आएका विद्यार्थीलाई सुरुमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले बताइन्।  

इजरायलमा गत शनिबार हमासको आक्रमण परेर १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो।  युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० बढी नेपाली विद्यार्थीले निवेदन दिएका छन्।

२७४ यात्रु क्षमताको वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन्। त्यसपपछि अरुलाई नेपाल फर्काइनेछ। तर, युद्धमा परेर मारिएका १० जनाको शव ल्याउने प्रक्रिया पूरा गर्नुपर्ने हुँदा केही समय लाग्नेछ।

Shivam cement

प्रकाशित: Oct 12, 2023| 11:00 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्