शनिबार, जेठ २३, २०८३

अतिक्रमित भूमि कालापानी-लिम्पियाधुरा आउँदै मोदी

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्। मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ। 

National life

मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी आउन लागेका हुन्। मोदीले कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङबाट कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ। 

बिहान ९:३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन् र गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्। कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। 

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन्। मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ। तर भूमि फिर्ताको ठोस पहल भने भएको छैन।

प्रकाशित: Oct 12, 2023| 08:11 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्