सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • इजरायलमा इमर्जेन्सी सरकार गठनको सहमति, युद्ध मन्त्रीमण्डल बनाइने

इजरायलमा इमर्जेन्सी सरकार गठनको सहमति, युद्ध मन्त्रीमण्डल बनाइने

 |  बिहीबार, असोज २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

vianetvianet

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गन्ट्जबीच आपतकालीन सरकार गठनको सहमति जुटेको छ। 

नेतान्याहु, गन्ट्ज र रक्षामन्त्री रहने युद्ध मन्त्रीमण्डल पनि गठन गरिनेछ। यो मन्त्रीमण्डलले युद्ध अवधिभर फास्ट ट्रयाकमा काम गर्नेछ। 

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार अचानक आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गरेको छ।

इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्।

इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्। द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। जरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।

National life insurance

प्रकाशित: Oct 12, 2023| 07:12 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्