शनिबार, जेठ २३, २०८३

मनसुनी वायुको आंशिक प्रभाव, खुल्दै मौसम

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

आज दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ। 

राति कोशी र बागमतीका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

यो वर्षको मनसुन बाहिरिने क्रम जारी रहेको महाशाखाको भनाइ छ। सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनी पश्चिमी भूभागबाट यसअघि नै मनसुन बाहिरिइसकेको छ। 
 

प्रकाशित: Oct 12, 2023| 06:30 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्