सोमबार, असार १६, २०८२

झापामा हात्ती मृतावस्थामा भेटियो

 |  बुधबार, असोज २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

vianetvianet

झापा- भद्रपुर नगरपालिका-२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ।

डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकाे बताइन्।

उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उनले बताइन्। सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उनको भनाइ छ।

प्रकाशित: Oct 11, 2023| 18:02 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्